‘साइँला दाइ’ मार्फत् जीत काउचाको सांगीतिक पुनरागमन

पोखरा, २१ कात्तिक
लोक तथा दोहोरी गायक एवं सर्जक जीत काउचाले झण्डै डेढ दशकपछि सांगीतिक पुनरागमन गरेका छन् ।
लामो समयको अन्तरालमा उनले नेपालीहरूको दोस्रो महान् चाड तिहारलाई लक्षित गरी “साइँला दाइ” नामक एकल लोकगीत दर्शक, स्रोतमाझ ल्याएका छन् । आफ्नै लय तथा शब्दमा रहेको सो गीतमा अहिलेकी चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसले स्वर दिएकी छिन् । यस गीतको एरेञ्ज एलबी पुनले गरेका हुन् ।
यो गीतको म्यूजिक भिडियो निर्देशन भने गोविन्द पुनले गरेका छन् । दानबहादुर श्रीस र माधव गुरुङले छायांकन गरेको म्यूजिक भिडियोको सम्पादन पनि दानबहादुर श्रीसले गरेका हुन् । म्यूजिक भिडियोमा जीत काउचा, अर्चना काउचा र सरस्वती काउचाको अभिनय छ । यस गीतको प्रविधि संयोजन भूमिराज बलामी र केश गुरुङले गरेका हुन् ।
केही समय लोक संगीतमा लागेर पछि शिक्षण पेशामा व्यस्त बनेका गायक एवं जीत आफ्ना पूराना गीतलाई पुनः रेकर्ड गरी दर्शक, स्रोतमाझ ल्याउने तयारीमा छन् । हालै सार्वजनिक भएको यस गीतलाई दर्शक, स्रोताले माया गरिदिने उनको विश्वास छ ।

Advertisment