सरकारी तथा संस्थान सवारी चालक एशोसिएसनमा अधिकारी

पोखरा, ६ कात्तिक
सरकारी तथा संस्थान सवारी चालक एशोसिएसन, क्षेत्रीय समितिको नवौं महाधिवेशनबाट अध्यक्षमा शुभनाथ अधिकारी चयन हुनुभएको छ ।
त्यस्तै, समितिको वरिष्ठ उपाध्यक्षमा युवराज पुन, उपाध्यक्षमा देवी कार्की, सचिवमा राजकुमार विक रहनुभएको छ । त्यसैगरी, सदस्यहरूमा अनन्त पौडेल, खिमबहादुर मल्ल ठकुरी, प्रकाशबहादुर खड्का, जगतबहादुर गुरुङ, श्रीराम बराल चयन हुनुभएको छ । समितिका सल्लाहकारहरूमा गंगाप्रसाद भण्डारी, तुलबहादुर विश्वकर्मा र त्रिलोचन गौतम चयन हुनुभएको छ ।
यसअघि, कार्यक्रममा एशोसिएसनका पूर्व केन्द्रीय अध्यक्ष गंगाप्रसाद भण्डारी, क्षेत्रीय समितिका निवर्तमान अध्यक्ष सुकदेव सापकोटा, देवी कार्की, शुभनाथ अधिकारी, राजकुमार विक, युवराज पुन, तुलबहादुर विश्वकर्मालगायतले बोल्नुभएको थियो ।

Advertisment