पोखरा, २६ असोज
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाको चालु (वर्षे) अधिवेशन अन्त्य गर्नुभएको छ ।
गण्डकी प्रदेश सरकारको सिफारिसमा संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले सोमबार राती १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुखका प्रेस संयोजक रूद्रबहादुर श्रीसले जानकारी दिनुभयो ।
प्रदेश प्रमुख शेरचनद्वारा गण्डकी प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य
२९ आश्विन २०७७, बिहीबार
Advertisment





