लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको तीन दिने उद्घोषण तालिम सम्पन्न

पोखरा, २५ साउन
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आयोजनामा बुधबारदेखि सुरु भएको तीन दिने उद्घोषण तालिम शुक्रबार सकिएको छ ।
विशेष परिस्थितिमा क्लबका सदस्यहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम बढ्दो कोभिड–१९ को संक्रमण जोखिमका कारण चार दिन भनिएपनि तीन दिनमै समापन गरिएको क्लबकी अध्यक्ष लायन कोपिला श्रीसले जानकारी दिनुभयो । तालिममा प्रशिक्षक एवं क्लबका कम्युनिकेशन चेयर पर्सन लायन रूद्रबहादुर श्रीसले उद्घोषणकला तथा भाषणकलासम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।
समापनका अवसरमा क्लबका एक्टेन्सन चेयर पर्सन लायन सुनादेवी श्रेष्ठ मल्लले तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न सके मात्र तालिमको उपलब्धी हुने बताउनुभयो । क्लबकी अध्यक्ष लायन कोपिला श्रीसले विषम परिस्थितिमा तालिमलाई सहज तरिकाले सञ्चालन गर्न नसकेपनि आगामी दिनमा आवश्यकता अनुसार यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै, प्रशिक्षक एवं क्लबका कम्युनिकेशन चेयर पर्सन रूद्रबहादुर श्रीसले जोखिमका बीच तालिम सञ्चालन गर्नु चुनौतीपूर्ण भएपनि क्लबले आफ्ना सदस्यहरूको क्षमता अभिवृद्धि गर्न तालिमको आयोजना गरेको बताउनुभयो ।

Advertisment