लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको उद्घोषण तालिम सुरु

पोखरा, २१ साउन
लायन्स क्लब अफ पोखरा गण्डकी प्रदेशको आयोजनामा चार दिने उद्घोषण तालिम सुरु भएको छ ।
तालिमको उद्घाटन गर्दै लायन्स क्लब इन्टरनेशनल ३२५ बी १ नेपालका कोचिफ एड्भाइजर लायन विनोद ढुंगानाले नेतृत्व विकासका लागि उद्घोषण कला अपरिहार्य रहेको बताउनुभयो । लायन्स प्रोटोकल अनुसार कार्यक्रम सञ्चालन गर्न यस्ता तालिमले सघाउ पु¥याउने बताउँदै उहाँले स्थापनाको छोटो समयमै विभिन्न रचनात्मक कार्यक्रम गर्न सफल हुनु राम्रो संकेत भएको बताउनुभयो ।
त्यस्तै, अर्की कोचिफ एड्भाइजर लायन सुचित्रा थापाले लायनवादका बारेमा समाजमा भएका भ्रम चिर्न लायन्स क्लबहरूले विशेष भूमिका खेल्नुपर्ने बताउँदै उद्घोषण तालिमले क्लबका सदस्यहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा क्लष्टर नं. ३० का क्लष्टर चिफ लायन सूर्यनारायण बराल, रिजन चेयर पर्सन लायन शान्तादेवी थापा भण्डारी, तालिमका प्रशिक्षक फेवा टेलिभिजनका पत्रकार रूद्रबहादुर श्रीस, डिष्ट्रिक्ट चेयर पर्सन लायन रोजी श्रेष्ठलगायतले क्लबले स्थापनाको छोटो समयमै विभिन्न रचनात्मक कार्यक्रम गरेर आफूलाई अब्बल प्रमाणित गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
क्लबकी अध्यक्ष लायन कोपिला श्रीसको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष लायन कुश्मराज सुवेदी, द्वितीय उपाध्यक्ष उषा हिस्कीमगर र सचिव तनुजा थापाले पनि बोल्नुभएको थियो । शनिबारसम्म हुने तालिममा २० जनाको सहभागिता रहेको क्लबकी अध्यक्ष श्रीसले जानकारी दिनुभयो । तालिम सामाजिक दूरी अपनाएर सञ्चालन गरिएको उहाँको दाबी छ ।

Advertisment