नेकपाभित्र रायमाझीको नेतृत्वमा नयाँ धार

काठमाडौं, १९ असार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको अन्तरविरोध चर्किंदै जाँदा पार्टी एकता भाँडिन नदिन दोस्रो तहका नेताहरूले विभिन्न समूह बनाएर दबाब दिन सुरु गरेका छन् ।
शीर्ष नेतृत्वलाई दबाब दिन भन्दै स्थायी समिति सदस्य टोपबहादुर रायमाझी ‘अनिल’को नेतृत्वमा ८ जना स्थायी समिति सदस्यहरूले नेकपाभित्र नयाँ धार बनाएका छन् । साथै, उनीहरूले पार्टी फुट्न नदिन शीर्ष नेतृत्वलाई दबाब दिने निर्णय गरेका छन् । पार्टी एकता हुँदाको सहमति अनुसार अघि बढ्न समेत नेतृत्वलाई सुझाएका छन् ।
नेता रायमाझीले यसअघि पनि पार्टी फुट्न नदिन विशेष भूमिका खेल्नुभएको थियो । अहिले फेरि पार्टी फुट्ने हो कि भन्ने संशयका बीच पार्टीलाई एकढिक्का बनाउन रायमाझी सक्रिय बन्नुभएको छ । पार्टी एकतालाई बचाइराख्न र परिस्थिति साम्य बनाइराख्न उनीहरूले यस्तो निर्णय गरेको बताएका छन् । रायमाझीलगायतका नेताहरूले नेकपाका दुवै अध्यक्षबीच समझदारी बनाउने प्रयास समेत थालेका छन् ।

Advertisment