गण्डकी प्रदेश प्रमुख शेरचनद्वारा तीन विधेयक प्रमाणीकरण

पोखरा, ३ असार
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले गण्डकी प्रदेशसभाले पारित गरेका तीन विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
सभामुख नेत्रनाथ अधिकारीले प्रमाणित गरेका तीन विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गर्नुभएको प्रदेश प्रमुखको कार्यालयका सचिव हरिप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।
सचिव बाँस्तोलाका अनुसार प्रदेश प्रमुख शेरचनले प्रमाणीकरण गरेका विधेयकहरूमा वातावरण संरक्षण गर्न बनेको विधेयक, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक र गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठानको स्थापना र सञ्चालन गर्न बनेको विधेयक रहेका छन् ।

Advertisment