प्रदेश प्रमुख शेरचनद्वारा पर्वतको पहिरोले गराएको जनधनको क्षतिप्रति दुःख व्यक्त

पोखरा, १ असार
गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शनिबार राती पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङ, ढकालबारीमा गएको भीषण पहिरोमा परी आठ जनाको मृत्यु भएको र एक जना बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
सोमबार शोक वक्तव्य जारी गर्दै प्रदेश प्रमुख शेरचनले पहिरोमा परी भएको जनधनको क्षतिको खबरले आफूलाई स्तब्ध तुल्याएको उल्लेख गर्नुभएको छ । साथै, उद्दार कार्यमा खटिने प्रशासनिक निकाय, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय बासिन्दाप्रति आभार व्यक्त समेत गर्नुभएको छ ।
प्रदेश प्रमुख शेरचनले बेपत्ताको तत्काल उद्दार, राहत तथा पुनस्र्थापना एवं जोखिममा परेका बस्तीको संरक्षणमा आवश्यक प्रबन्ध मिलाउन सरकार र सम्बद्ध पक्षलाई आग्रह समेत गर्नुभएको छ । उहाँले ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवाजनमा समवेदना प्रकट समेत गर्नुभएको छ ।

Advertisment