गायिका निता भन्छिन्, ‘बाँचे भेट होला’

पोखरा, १ असार
नेपाली लोकसंगीतकी स्थापित गायिका निता पुनमगरले कोरोना भाइरस (कोभिड–१९) विश्वव्यापी महामारीका रुपमा फैलिएको बेला नयाँ सांगीतिक कोसेली दर्शक, स्रोतमाझ ल्याएकी छिन् ।
गायिका निताले आफ्नै शब्द र अग्रज गायक काजु शेरचनको लय संकलनमा “बग्यो काली खोला, बाँचे भेट होला” बोलको लोकसांगीतिक कोसेली दिदीबहिनी इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुतीमा सार्वजनिक गरेकी छिन् । उनलाई गायक हेमन्त कान्छा रसाइलीले स्वरमा साथ दिएका छन् ।
सुरेश श्रेष्ठले छायांकन गरेको म्यूजिक भिडियोमा गायिका निता र गायक हेमन्त आफैंले अभिनय गरेका छन् । विष्णु शर्माको सम्पादन रहेको म्यूजिक भिडियोको पोष्ट प्रोडक्सन भने साई भिजन प्रालिले गरेको हो । मारुनी डिजिटलमा रेकर्ड गरिएको गीतमा बिलन थापामगरको संगीत संयोजन रहेको छ । कुमार रानाले अडियो मिक्सिङ गरेका छन् ।
गायिका निताले लाफाखबरसँगको कुराकानीमा आफूले लकडाउनका बेलामा ल्याएको यो मौलिक गीतले दर्शक, स्रोताको मन जित्ने विश्वास व्यक्त गरिन् । यस गीतले डाँडापाखा, मेलापात जाँदा गाइने गीतको सम्झना गराउने उनको विश्वास छ । उनका यसअघि, एकल लोकगीतसँगै झ्याउरे जिते, साइँली भाका, झुम्के बुलाकी, सालैजोलगायतका थुप्रै चर्चित गीत बजारमा आइसकेका छन् ।
पूरा भिडियो हेर्न यो लिंक प्रयोग गर्नुहोस् ः

Advertisment