सुरक्षित रुपमा जिम्मेवार पत्रकारिता गर्न पत्रकार महासंघ गण्डकीको आग्रह

पोखरा, ३० वैशाख
कोरोना संक्रमणको जोखिम बढेको भन्दै नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशले सुरक्षित रहँदै जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरूलाई आग्रह गरेको छ ।
मंगलबार पर्साको वीरगञ्जमा क्रियाशील पत्रकारहरूमा समेत कोरोना संक्रमण देखिएको भन्दै महासंघ, गण्डकी प्रदेशले फिल्ड खटिएका पत्रकारलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको हो । अध्यक्ष त्रिभुवन पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै आफ्नो स्वास्थ्यमा कुनै पनि शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गराउन समेत आग्रह गर्नुभएको छ ।
महासंघका सबै सदस्य र फिल्डमा खटिने पत्रकारलाई विशेष सतर्कता अपनाउनका लागि ध्यानाकर्षण गराउन प्रदेश अन्तर्गतका सबै जिल्ला शाखालाई विज्ञप्तिमार्फत् आग्रह गरिएको छ । साथै, विज्ञप्तिमार्फत् अध्यक्ष पौडेलले कोरोना संक्रमित पत्रकारसहित सम्पूर्ण संक्रमित नेपालीहरूको शीघं्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको छ ।

Advertisment