पौरखी स्वयंसेवक समूहले अलपत्र परेकालाई खाना खुवाउँदै 

पोखरा, १२ वैशाख । विहान र दिऊसो खाना पकाउने । पकाईसकेपछि प्याकिङ । त्यसपछि सडकमा अलपत्र परेकालाई खाना खुवाउने । दाल भात र तरकारी अनि अचार । नियमित परिकार हुन् । त्यही परिकारलाई प्याकिङ गर्दै विभिन्न ठाँउमा गासको अभाव झेलिरहेकालाई खुवाउन व्यस्त छन् पोखराको एउटा समूह ।खाना खुवाउन शुरु गरेको एक हप्ता दिन वित्यो । हप्ता दिनमा ७ हजार ५ सयलाई खाना खुवाईसकिएको छ । पोखराको पौरखी स्वयंसेवक समूहले गासको अभाव झेलिरहेका सर्वसाधारणलाई बसेकै ठाँउमा खाना खुवाईरहेका छन् । खाना पकाउने जिम्मेवारीसँग प्याकिङ गर्न विहान उठेदेखि साँझसम्म व्यस्त छन् । पोखरा–७ स्थित शान्तिनगर बैंक्युटमा खाना पकाउने बन्दोबस्त मिलाईएको छ । त्यही प्याकिङ गरेर बजार क्षेत्रमा खाना खुवाउन टोली निस्कन्छ । यो क्रम विगत सात दिनदेखि चलिरहेको छ ।कोभिड–१९ को महामारी छ । देश लकडाउनमा छ । एक महिना बित्यो । आफना गाँउघर जान नपाएका सडकमै अलपत्र परेकालाई पौरखी समूहले खाना खुवाउँदै आएको हो । युवाहरुको यो समूहले विपन्नलाई निशुल्क खाना खुवाउँदै आएको छ । खानाको लागि विभिन्न संघसंस्थाले भने सहयोग गर्दै आएका छन् । ‘सडकमा बस्दै आएका, घरमा खाने समस्या भई भोकै बस्नुपर्ने अवस्था भएकालाई र गन्तव्यसम्म जाँदै गरेका सर्वसाधारणलाई खाना खुवाउँदै आएका छौं ।’ समूहका अध्यक्ष जनक पराजुलीले भने–‘खाना पकाएर प्याकिङ गरी पुर्याउँदै आएका छौं ।’

 

समूहले खानाको आवश्यकता अनुसार दैनिकजसो थपघट हुदैै आएको छ । सर्वसाधारणलाई खाना खुवाउने जिम्मेवारी आफनो काँधमा लिएको पौरखी समूहले खाना नपाएको जानकारी प्राप्त गरेपछि स्थानीय सर्वसाधारण, जनप्रतिनिधि तथा प्रहरीसँग समन्वय गरी खाना पुर्याउने गरिएको उनको भनाई थियो । ‘पहिलो चरणमा हामीले नगद उठाएर विहान र बेलुकी खानको प्रबन्ध गर्दै आएका थियौं ।’ उनको भनाई थियो ।पोखरा महानगरपालिकाले घरमा चुल्हो निम्भ नदिने उद्घोष गरेको छ । महानगरको उद्घोषलाई पौरखी समूहले हातेमालो गर्दै आएको छ । महानगरपालिकाले आफनै तरीकाले राहत वितरण गर्दै आएको छ । राहतको लागि महानगरलाई विभिन्न संघसंस्थाले सहयोग समेत गर्दै आएका छन् । ‘घरमा चुल्हो बाल्न छाडेको अवस्थामा समूहको कुनैपनि सदस्यलाई जानकारी गराए वा खबर गरे पीडित भएकै ठाँउमा खाना पुर्याउँछौ।’ समूहका सदस्य राजु शर्माले भने–‘विहान र साँझ दुई पटक खाना पुर्याउँदै आएका छौं ।’ उनका अनुसार विहान ८ देखि १० बजेसम्म र साँझ ५ बजेदेखि खाना पुर्याउन शुरु गरिन्छ ।कोरोना संक्रमणले विश्वव्यापी सन्त्रासमा छ । नेपाल पनि त्यसबाट अछुतो छैन् । सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । रोजगारीको सिलसिलामा पोखरा आएका सर्वसाधारण लकडाउनको समयमा अलपत्र परेको अवस्थामा पौरखी समूहले खाना खुवाउँदै उद्दार गरिरहेको छ । ‘यो अवधिमा कोही भोकै बस्न नपरोस् भनेर खाना खुवाउने काम थालेका हौ,’ समूहका सदस्य विष्णुप्रसाद पौडेलले भने ‘धेरै जना भोक भोकै परेको सुनेपछि यो अभियान शुरु गरिएको हो । ’उनलेकामका लागि सहयोगी दाता र सहयोगी मन दिन दिनै थपिदै गएको बताए । खान पाएनन् भनेर पनि दिनै पिच्छे बढ्दै गएको उनले सुनाए । खानै नपाउने अवस्थाको ठुलो परिवार छ भने पोखरा महानगरलाई नै राहतको व्यवस्था गर्न आग्रह गर्दै आएको उनको भनाई थियो । शनिबार विहानबाट शुरु भएको अभियानमा सात दिन सम्ममा ७ हजार ५ सय जनालाई खाना निःशुल्क पु¥याइसकिएको छ । शुक्रबार मात्रै १८ सय जनालाई खाना खुवाएका छन् । पोखरा महानगरले समन्वयको भूमिका खेलेको छ । दिदी बहिनी फाण्डेसनले दैनिक १ सय वटा खानाको लागि सहयोग गर्दै आएको छ ।

Advertisment