पोखराका बुटिकहरू अनिश्चितकालका लागि बन्द

पोखरा, १० चैत्र
पोखरामा सञ्चालित बुटिकहरू अनिश्चितकालका लागि बन्द हुने भएका छन् ।
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै बुटिक व्यवसायीहरूले बुटिक बन्द गर्ने निर्णय गरेको बुटिक एशोसिएसन नेपालकी उपाध्यक्ष शान्ति श्रीसले जानकारी दिनुभयो ।
नेपाल सरकारले जारी गरेको लकडाउनलाई सघाउन अर्को सूचना जारी नभएसम्मका लागि बुटिक बन्द गरिने उपाध्यक्ष श्रीसले बताउनुभयो । सरकारले लकडाउनको घोषणा गरेपछि बुटिक व्यवसायसहित सम्पूर्ण कलकारखाना, उद्योग, व्यवसाय, सवारीसाधन बन्द भएका छन् ।

Advertisment