नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशको कार्यवाहक अध्यक्षमा गुरुङ

पोखरा, ३० असोज
नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले उपाध्यक्ष शान्ति गुरुङलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको छ । अध्यक्ष पौडेललाई पुत्रलाभ भएपछि सुत्केरी श्रीमती र छोराको स्याहारसुसारमा समय दिनु परेकाले कार्यवाहकको जिम्मेवारी दिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
अध्यक्ष पौडेल र उहाँकी श्रीमती प्रतिभा अधिकारीलाई पहिलो सन्तानका रुपमा पुत्रलाभ भएको हो । उहाँकी श्रीमती प्रतिभा अधिकारीले मणिपाल शिक्षण अस्पतालमा पहिलो सन्तानका रुपमा बिहीबार छोरालाई जन्म दिनुभएको हो । श्रीमती र छोराको आवश्यक स्याहारसुसार गर्नुपर्ने बेलासम्म संस्थाको कामलाई अघि बढाउन समेत अध्यक्ष पौडेलले कार्यवाहक अध्यक्ष गुरुङलाई अख्तियारी दिनुभएको छ ।

Advertisment