गायक गोविन्द कालाले ल्याए ‘नचरी’

पोखरा, २९ असोज
लोक तथा दोहोरी गायक गोविन्द काला मगरले नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर लोपोन्मुख संस्कृतिको रुपमा रहेको “नचरी”को गीत बजारमा ल्याएका छन् ।
गायक गोविन्दको आफ्नै लय र शब्द संकलन रहेको सो “नचरी”मा लोक तथा दोहोरी गायिका शान्ति पुनले स्वरमा साथ दिएकी छिन् । मार्मिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको एरेञ्ज बिलन थापामगरले गरेका हुन् भने मानबहादुर बरालमगरले मिक्सिङ गरेका हुन् ।
म्यूजिक भिडियोको निर्देशन गायक गोविन्द कालामगर आफैंले गरेका छन् भने छायांकन किशोर थापा र सम्पादन दानबहादुर श्रीसको रहेको छ । म्यूजिक भिडियोमा गोविन्द र सिर्जनाले अभिनय गरेका छन् ।

Advertisment