“स्वच्छ बगैँचा स्वच्छ घर” अभियान सहित कृषि प्रविधि विस्तारमा नेपाल एग्रो

चितवन, १९ असोज (रासस) ः कृषि उत्पादन बृद्धि गर्न स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोगले बढी प्रभाव पार्ने गर्दछ । विशेषगरी कृषकलाई प्राविधिक सहयोग दिन सकियो भने बढी लाभ लिन सकिने भएकोले त्यसतर्फ बढी ध्यान दिनुपर्ने सरोकारवालाहरुको भनाई छ ।

प्रविधिको अभावमा धेरै मेहनत गरेर थोरै उत्पादन लिन कृषक बाध्य भएको सन्दर्भमा उपरोक्त कार्यक्रम र प्रविधिको उपयोग गरे कृषक बढी लाभान्वित हुन सक्नेछन् । सोही अनुरुप ललितपुरको नखिबोटमा रहेको नेपाल एग्रो लाइभले कृषिका आधुनिक प्रविधि गाउँगाउँमा पु¥याउँदै आएको छ । उच्चतम् प्रविधिको प्रयोग गरी थोरै लगानीमा धेरै उत्पादन गर्न कृषकलाई सहयोग गर्दै आएको छ ।


एग्रो लाइभका प्रमुख कार्यकारी अधिकृत राजन गैरेका अनुसार संस्थाले स्वच्छ बगैँचा स्वच्छ घर, स्मार्ट तरकारी उत्पादन, आधुनिक कृषि प्रविधि बिस्तार तथा प्राविधिक सहयोग गर्दै आएको छ । “ कृषि उत्पादन बढाउन कृषिका विभिन्न उद्यानको नक्साङ्कन र विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने काम पनि गर्दै आएका छौ,” उहाँले भन्नुभयो ।
थोपा सिँचाइ, छाप्रो प्रविधि, टनेल प्रविधि जस्ता आधुनिक प्रविधिका बारेमा कृषकलाई ज्ञानसमेत संस्थाले दिँदै आएको छ । आधुनिक यन्त्र विदेशबाट झिकाएर कृषकसम्म पु¥याउने काम पनि गर्दछ । विसं २०७३ मा स्थापना भएको यस संस्थाले हालसम्म एक लाखभन्दा बढी कृषकलाई प्राविधिक सहयोग गरेको जनाएको छ । संस्थाले सरकारी र गैरसरकारी संस्थासँग समन्वय गरी प्रविधि कृषककोमा पु¥याउँदै आएको छ ।


कुन उद्देश्यका लागि कस्ता यन्त्र आवश्यक पर्छ भन्ने बारेमा कृषकलाई बुझाएर कृषि कर्ममा सहजीकरण गर्ने गरेको छ । प्राविधिक जेटिए राखेर नयाँ प्रविधिबाट खेती गर्न सिकाउनुका साथै सरकारी र गैरसरकारी सङ्घसंस्थाका कर्मचारीलाई प्रविधिसम्बन्धी तालीमसमेत दिँदै आएको छ ।
कृषकलाई प्रदर्शन गर्न ललितपुरको मुनाकोठीमा १० रोपनीमा बेमौसमी तरकारी खेती गर्दै आएको छ । देशका सातवटै प्रदेश र जिल्लारुमा कृषककै बारीमा प्राविधिक सहयोग गरी उन्नत प्रविधिबाट खेती गराइँदै आएको छ । गैँडाकोट, बर्दघाट, लालबन्दी, मेची नगरपालिका, धनगढी, दाङलगायतका ठाउँका कृषकलाई प्राविधिक सहयोग गरी तरकारीखेती गर्न लगाइएको छ ।


प्रमुख कार्यकारी अधिकृत गैरेले भन्नुभयो, “हामी कृषकलाई प्राकृतिक प्रकोपबाहेकका जिम्मेवारी लिएर तरकारी उत्पादन र बजारीकरण गर्न सहयोग पु¥याउँछाँै ।” निर्वाहमुखी कृषिलाई व्यवसायी बनाउने संस्थाको मुख्य उद्देश्य रहेको एग्रो लाइभका सार्थक गैरेको भनाइ छ । ––––––

Advertisment