लाफा ग्रुपको दोस्रो वार्षिक साधारणसभा कात्तिक १६ गते

पोखरा, १५ असोज
लाफा ग्रुप लिमिटेडको दोस्रो वार्षिक साधारणसभा आगामी कात्तिक १६ गते हुने भएको छ । लाफा ग्रुपको दोस्रो वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित ¥याडिसन होटलमा हुने भएको हो ।
साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन, भावी कार्ययोजना, लेखा परीक्षण प्रतिवेदनमाथि छलफल हुनुका साथै, नियमावली र प्रबन्धपत्र संशोधनबारे छलफल हुने कम्पनीकी अध्यक्ष चन्द्रज्योति आलेले जानकारी दिनुभयो । अध्यक्ष आलेका अनुसार साधारणसभाको उद्घाटन नेपाल सरकारका ऊर्जा, जलस्रोत एवं सिंचाइँ मन्त्री वर्षमान पुन ‘अनन्त’ले गर्नुहुनेछ ।

Advertisment