तराना म्यूजिकमा रक्षाबन्धन विशेष सांगीतिक कार्यक्रम

पोखरा, १ भदौ
तराना म्यूजिक सेन्टर, पोखराले रक्षाबन्धन विशेष साप्ताहिक सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ ।
सुर ताललाई बलियो बन्धनको रुपमा बाँध्न सके सांगीतिक बन्धन बलियो हुने विश्वासका साथ रक्षाबन्धन विशेष सांगीतिक कार्यक्रम आयोजना गरिएको तराना म्यूजिकका सञ्चालक गायक उमेश राईले जानकारी दिनुभयो । युवी तामाङले सञ्चालन गरेको कार्यक्रममा समर्पण राई, रेनु राईलगायतले बोल्नुभएको थियो ।
सो अवसरमा प्रशिक्षक अमर थापा, गायिका स्मृति राई, दीपेश श्रेष्ठ, ग्रीष्मा राई, प्रिती छन्त्याल, कमला थापा, रश्मी रसाइली, स्मृति पुन, पूर्णबहादुर श्रेष्ठ, रुपेश गुरुङलगायत दुई दर्जन बढी प्रशिक्षार्थीहरूले आ–आफ्नो सांगीतिक प्रस्तुती राखेको सञ्चालक राईले जानकारी दिनुभयो ।

Advertisment