मगर संघ, बागमारा एकाइको अध्यक्षमा आले

पोखरा, १ भदौ
नेपाल मगर संघ, बागमारा एकाइ समिति, पोखरा–३३, कास्कीको अध्यक्षमा प्रेमबहादुर आलेमगर चयन हुनुभएको छ ।
आइतबार सम्पन्न एकाइको अधिवेशनबाट उपाध्यक्षमा पदमकुमारी सारूमगर, सचिवमा मीनबहादुर गाहामगर, सह–सचिवमा सुजन थापामगर, कोषाध्यक्षमा हर्कबहादुर फेवालीमगर र सह–कोषाध्यक्षमा देवु दर्लामीमगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा माया थापामगर, पवित्रा थापामगर, विन्दु फेवालीमगर, रनबहादुर हितानमगर, शेरबहादुर हितानमगर, पूर्णिमा हितानमगर र मनबहादुर लुंगेलीमगर रहनुभएको छ ।
यसअघि, अधिवेशनको उद्घाटन नेपाल मगर संघका केन्द्रीय सदस्य पूर्णबहादुर रानामगरले गर्नुभएको थियो । सो अवसरमा नेपाल मगर संघ, कास्कीकी अध्यक्ष संगीता पुनमगर, उपाध्यक्ष बुद्धिकुमारी थापामगर, जिल्ला सदस्य नरबहादुर पुनमगर, नेपाल मगर महिला संघ, कास्कीकी कोषाध्यक्ष दुर्गा सारूमगर, जिल्ला सदस्य पुष्पा पुनमगरलगायतले हरेक मगर बस्तीमा जागरण ल्याउनुपर्ने आवश्यकता रहेको बताउँदै जागरण नआएसम्म समुदाय अघि नबढ्ने भनाइ राख्नुभएको थियो ।

Advertisment