एई ग्लोबल पोखराले अष्ट्रेलियाली शैक्षिक परामर्श मेला गर्दै

पोखरा, १५ साउन
अष्ट्रेलिया अध्ययन गर्न चहाने विद्यार्थी लक्षित गरी आज पोखराको दि भिलेज रेष्टुरेण्टमा अष्ट्रेलियाली शैक्षिक परामर्श मेला (एजुकेशन फेयर) हुने भएको छ ।
पोखराको चिप्लेढुंगास्थित ए.ई. ग्लोबल एजुकेसन कन्सल्टेन्सीको आयोजनामा अष्ट्रेलिया अध्ययन गर्न चाहने विद्यार्थी लक्षित गरी एक दिने उक्त शैक्षिक मेला हुने भएको बुधबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइएको हो ।
कार्यक्रममा करिब २ सय जना बिद्यार्थीहरुको सहभागिता हुने अपेक्षा गरिएको कन्सल्टेन्सीका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले बताउनुभयो । उक्त मेलाले अष्टे«लिया अध्ययन गर्न चहाने बिद्यार्थीहरुलाई सम्बन्धित विश्व बिद्यालयका कलेजहरुमा अनुवन्धित प्रतिनिधिहरुबाट प्रत्यक्ष परामर्श प्रदान गरिने भएको उहाँले जानकारी दिनुभयो ।
मेलामा अध्ययन कोर्षको बारेमा जानकारी हुने भएको छ । त्यसैगरी, तहगत तथा बिषयगत अध्ययनबारे प्रकाश पार्ने, कलेजमा भर्ना अध्ययन कोर्ष परिवर्तन बारे जानकारी, स्थायी बसोवासको लागि प्रक्रिया, नेपाल फर्किन चाहने बिद्यार्थीहरुलाई के कस्ता अबस्था छ, स्वदेश फर्किएर के गर्न सकिन्छ, अध्ययन कलेज र विषयगत अध्ययनका आधारमा तिर्नु पर्ने फि, अष्ट्रेलियाको हावा पानी बारेमा समेत जानकारी गराउँदै अन्य विविध बिषयमा शैक्षिक परामर्र्श दिने भएको सञ्चालक ऋषि खतिवडाले जानकारी दिनुभयो । पछिल्लो समयमा मुख्य बजार क्षेत्र भन्दा बाहिर जिल्लाबाट समेत सुचना र प्रविधिको कारणले गर्दा अष्ट्रेलिया अध्ययन गर्न जाने युवाहरूको संख्यामा वृद्धि भएको प्रबन्ध निर्देशक अधिकारीले दाबी गर्नुभयो ।

Advertisment