लोक गायिका जयालक्ष्मी छन्त्यालको ‘गल्ती’ आयो

पोखरा, ५ असार
लोक तथा दोहोरी गायिका जयालक्ष्मी छन्त्याल पुनले नयाँ सांगीतिक कोसेली ‘गल्ती’ लिएर आएकी छिन् । चर्चित गीतकार एवं संगीतकार राजकुमार ‘बगर’को लय र शब्दमा गायिका जयालक्ष्मीले ‘गल्ती’मा स्वर दिएकी छिन् ।
टाइगर्स फिल्मस् प्रालिले दृश्य निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन गोविन्द पुनले गरेका हुन् भने छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीसले गरेका हुन् । म्यूजिक भिडियोमा प्राविधिक दुर्गा राम्जाली मगर र श्रृंगार पुनम पुनको रहेको छ ।
म्यूजिक भिडियोमा गोविन्द पुन, करुणा पुन र पुनम पुनको अभिनय रहेको छ । गीतको एरेञ्ज भने विनोद बाजुरालीले गरेका हुन् ।
म्यूजिक भिडियो पूरा हेर्नका लागि लिंक ः

Advertisment