लाफा रुङ्ग शान्ति बगैंचाकाे उपराष्ट्रपतिले शिलान्यास गर्ने

काठमाडौं, १ जेठ
लाफा ग्रुप लिमिटेड र लाफा रुङ्ग फाउण्डेशनले काठमाडौंकाे चन्द्रागिरि नगरपालिका-१, दहचाेक, मगरगाउँमा निर्माण गर्न लागेकाे बुद्ध प्रतिमा र सांस्कृतिक संग्रहालयसहितको “लाफा रुङ्ग शान्ति बगैंचा”काे यही जेठ ४ गते २५६३ अाैं बुद्ध जयन्तीका अवसरमा शिलान्यास गरिने भएकाे छ । जसको परिकल्पना संस्कृतिविद् डा. मीन श्रीसले गर्नुभएको हो ।

साे शान्ति बगैंचाकाे उपराष्ट्रपति नन्दकिशाेर पुन ‘पासाङ’ले शिलान्यास गर्ने कार्यक्रम रहेकाे लाफा ग्रुपकी अध्यक्ष चन्द्रज्याेति अालेले जानकारी दिनुभयाे । लाफा ग्रुपले लाफा भिलेजसहित विभिन्न व्यवसायिक परियाेजनाहरू अघि बढाएकाे छ । जसमा लाफा हाेलिडेज (ट्राभल्स), लाफा भिलेज रिसाेर्टलगायत रहेका छन् ।

Advertisment