गायिका देशु भन्छिन्, ‘जोडौं जोडौं लाग्दै छ घर’

पोखरा, २७ वैशाख
चर्चित गायिका देशु गोलेको ‘जोडौं जोडौं लाग्दै छ घर’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अर्जुन पोखेरलको एरेञ्ज तथा ओम प्रसाईंको छायांकन रहेको छ । नेत्र किरातीको निर्देशनमा रहेको उक्त म्यूजिक भिडियोलाई कजिश श्रेष्ठले कोरियोग्राफी गरेका छन् ।
विदेशी भूमिमा बसेर पनि नेपाली भाषा, संस्कृतिलाई बिर्सन नसक्ने गायिका गोलेले नेपाली सांगीतिक क्षेत्रमा दर्जनौं गीतहरू श्रोतामाझ ल्याइसकेकी छिन । उनको लोक प्रिय गीतहरूमा लेकैमा चर्ने लेकाली भेडी, तिमीसँग बोल्दैमा, कहिले तिमी मेरो मनको राजा जस्ता बोलको गीतहरु रहेका छन् ।

पूरा भिडियो हेर्नका लागि लिंक :

Advertisment