दिवंगत आमाको वार्षिक पुण्य तिथिमा मानवसेवा आश्रममा भोजनदान

पोखरा, २६ वैशाख

हाल बेलायतनिवासी छोरा मीन गुरुङ र बुहारी जस्मी गुरुङलगायत गुरुङ परिवारले आफ्ना दिवंगत आमाको वार्षिक पुण्य तिथिमा असहाय एवं बेसहारालाई भोजनदान गरेका छन् । पोखरा–१७, छोरेपाटनस्थित मानवसेवा आश्रममा बिहीबार आफ्नी आमा स्व. पद्मी गुरुङको वार्षिक स्मृतिको अवसर पारेर गुरुङ परिवारले भोजनदान गरेका हुन् ।
गुरुङ परिवारले आफ्ना दिवंगत आमाको वार्षिक स्मृतिमा हरेक वर्ष विभिन्न आश्रममा रहेका असहाय, बेसहारा, अपाङ्गता भएका व्यक्तिहरूलाई लत्ताकपडा, खाद्यसामग्री एवं भोजनदान गर्दै आएका छन् । बिहीबार समाजसेवी जस्मी गुरुङकी सहोदर बहिनी सीता गुरुङले तमुस्यो रि च्हमी परिवारकी अध्यक्ष गौरी गुरुङको संयोजनमा मानवसेवा आश्रममा रहेका ८२ जना बेसहारालाई भोजन गराउनुभयो ।

Advertisment