‘सिन्दूर’ लिएर आइन् जुना श्रीस

पोखरा, १४ वैशाख
चर्चित लोक तथा दोहोरी गायिका जुना श्रीसले नयाँ एक लोकगीत लिएर आएकी छिन् । एकल लोकगीतको कमी भएका बेला गायिका जुनाले चर्चित गीतकार एवं संगीतकार राजकुमार बगरको लय तथा शब्दमा “सिन्दूर” लिएर आएकी हुन् । गीतको एरेञ्ज भने विनोद बाजुरालीले गरेका हुन् ।
गीतको म्यूजिक भिडियोमा गोविन्द पुन, पुनम पुन र करुणा पुनले अभिनय गरेका छन् । टाइगर्स फिल्मस् प्रालिले निर्माण गरेको म्यूजिक भिडियो छायाङ्कन तथा सम्पादन दानबहादुर श्रीसले गरेका हुन् भने निर्देशन गोविन्द पुनले गरेका हुन् । म्यूजिक भिडियोमा पुनम पुनको श्रृंगार रहेको छ ।
पूरा भिडियो हेर्नका लागि लिंक ः

https://www.youtube.com/watch?v=IkBWnsk-mp0&feature=share

Advertisment