पोखराको चिप्लेढुंगामा एई ग्लोबलको शाखा

पोखरा, १ वैशाख
अष्ट्रेलियाको सिड्नीमा प्रधान कार्यालय रहेको एई ग्लोबल प्रालिले पोखराको चिप्लेढुंगामा नयाँ शाखा शुभारम्भ गरेको छ । आज आयोजित कार्यक्रममा एई ग्लोबलको पोखरा शाखा औपचारिक रुपले शुभारम्भ गरिएको हो ।
एई ग्लोबलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कमल लामिछानेले नयाँ शाखाको शुभारम्भ गर्दै नेपालका प्रमुख शहरहरूसहित विदेशमा श्रीलंका र फिलिपिन्समा पनि शाखा खोल्ने योजना रहेको बताउनुभयो । अष्टे«लियाको अनुभवलाई शैक्षिक परामर्श क्षेत्रमा प्रयोग गर्दै विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीका लागि एई ग्लोबलले सही परामर्श दिने प्रमुख कार्यकारी अधिकृत लामिछानेले दाबी गर्नुभयो ।
एई ग्लोबल नेपालका राष्ट्र प्रबन्धक (कन्ट्री म्यानेजर) सम्राट शाहले अष्ट्रेलियामा सिकेका ज्ञान र सीपलाई नेपालमै फर्केर लागू गर्ने खालको शैक्षिक परामर्श आफूहरूले दिने दाबी गर्नुभयो । एई ग्लोबल इटहरी शाखाका प्रबन्ध निर्देशक अर्जुन गजुरेलले अष्ट्रेलियालगायत विभिन्न देशमा पढ्न जान चाहने नेपाली विद्यार्थीहरूका लागि सही परामर्श दिने गरी एई ग्लोबलको स्थापना भएको बताउनुभयो ।
एई ग्लोबल पोखरा शाखाका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले नेपाली विद्यार्थीलाई उच्च शिक्षाका लागि विदेश पठाउने मात्र नभइ नेपालमै पनि उच्च शिक्षामा विदेशी विद्यार्थीलाई कसरी आकर्षित गराउन सकिन्छ भन्ने सम्भाव्यताको खोजीमा रहेको उल्लेख गर्नुभयो । पोखराका शाखाका निर्देशक राजन आचार्यले अन्य कन्सल्टेन्सीभन्दा फरक नभएपनि विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई सही र वास्तविक परामर्श दिनेमा आफूहरूको कुनै कञ्जुस्याइँ नहुने बताउनुभयो ।
एई ग्लोबल पोखराले अष्ट्रेलियासहित न्यूजिल्याण्ड, अमेरिका, क्यानाडा र बेलायत पढ्न जान चाहने विद्यार्थीका लागि परामर्श दिनुका साथै, आएल्टस्, टोफल, पीटीई, स्याट, जीआरई र जीम्याटका तयारी कक्षाहरू समेत सञ्चालन गर्ने प्रबन्ध निर्देशक अर्जुन अधिकारीले जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा पत्रकार ऋषि खतिवडाले पनि बोल्नुभएको थियो ।

Advertisment