कालाबाङ तगुह्रों घोथाने परिवारको देउसी भैलोबाट ११ लाख संकलित

पोखरा, २८ कात्तिक
पोखरा महानगरपालिका वडा नं. २२, पुम्दीभुम्दी, कालाबाङस्थित कालाबाङ तगुह्रों घोथाने परिवारले २०७५ सालको तिहारको अवसरमा खेलेको देउसी भैलोबाट ११ लाख रुपैयाँ संकलन गर्न सफल भएको छ ।
परिवारले १७ वर्षमा पहिलोपटक देउसी भैलो खेलेर सो रकम संकलन गर्न सफल भएको परिवारका अध्यक्ष ओमप्रसाद गुरुङले जानकारी दिनुभयो । देउसी भैलोका अवसरमा बेलायतबाट समाजसेवी टीकाप्रसाद गुरुङ, परिवारका वयोवृद्ध ८७ वर्षीय भीमबहादुर गुरुङ र ८० वर्षीय क्या. नरबहादुर गुरुङ समेत सक्रिय रुपमा सहभागी हुनुभएको थियो । साथै, परिवारका नाति, नातिनीहरू क्रमशः साइरा गुरुङ, साइरस गुरुङ र प्रियंका गुरुङले समेत देउसी भैलोमा सक्रिय सहभागिता जनाएका थिए ।
देउसी भैलोको भट्याउनेतर्फ श्रीमती रेशम गुरुङ र नृत्यतर्फ सुष्मा गुरुङले विशेष भूमिका खेल्नुभएको थियो । देउसी भैलोका अवसरमा माइती, चेलीबेटी एवं छोरी ज्वाइँहरूको विशेष भेटघाटबाट परिवार खुशी भएको परिवारका सचिव सु. लोकप्रसाद गुरुङले बताउनुभयो । देउसी भैलो सफल बनाउन सहयोग गर्ने परिवारका माइती, चेलीबेटी एवं छोरी ज्वाइँहरूलाई परिवारले विशेष धन्यवाद ज्ञापन समेत गरेको छ ।

Advertisment