मृगौलापीडित तेजबहादुरद्वारा सहयोगको आह्वान

काठमाडौं, १५ असोज
दुवै मृगौला खराब भइ हाल डाइलासिस गराइरहेका धादिङको नीलकण्ठ नगरपालिका–१२, आँपश्वारानिवासी ३५ वर्षीय तेजबहादुर गिदेलमगरले आर्थिक अभावका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको याचना गर्नुभएको छ ।
वैदेशिक रोजगारीका शिलशिलामा संयुक्त अरब इमिरेट्स (युएई)को दुबई शहरमा कार्यरत छँदा नै दुवै मृगौला खराब भएपछि गिदेलमगर स्वदेश फर्कनुभएको हो । अहिले काठमाडौंको वनस्थलीस्थित किड्नी सेन्टरमा हप्तामा दुई पटक डाइलासिस गराउँदै आउनुभएका गिदेलमगरले आर्थिक अभावका कारण थप उपचारमा समस्या भएको भन्दै सहयोगको याचना गर्नुभएको हो ।
विगत चार वर्षदेखि उहाँकी ३५ वर्षीया श्रीमती टोपकुमारी गिदेलमगर समेत रक्त क्यान्सरबाट पीडित भइ भरतपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आउनुभएको छ । मृगौलापीडित गिदेलमगरलाई सहयोग गर्न चाहने इच्छुकले सानिमा बैंकको धादिङबेंशी शाखामा रहेको बैंक खाता नं. ००४०००१०९८५१२ मा सहयोग रकम जम्मा गर्न सक्नुहुनेछ । साथै, मोबाइल नम्बर ९८६०४०७५४५ मा समेत सम्पर्क गर्न सकिनेछ ।

Advertisment