स्याङ्जामा पत्रकार सुरक्षाबारे इन्सेकको मिडिया साझेदारी बैठक

स्याङ्जा, १० असोज
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक), गण्डकी प्रदेश कार्यालय र नेपाल पत्रकार महासंघ, स्याङ्जा शाखाको आयोजनामा ‘पत्रकार र सुरक्षा’ विषयक एक दिने मिडिया साझेदारी बैठक सम्पन्न भएको छ ।
मंगलबार सम्पन्न बैठकमा बोल्दै राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालयका निर्देशक दीपक जंगध्वज कार्कीले कानून र मानवअधिकारको कुरामा सबै सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पत्रकारले विकासमुखी र अधिकारमुखी समाचारलाई बढी प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै निर्देशक कार्कीले विचारप्रेरित समाचार अझ बढी आउनुपर्नेमा जोड दिनुभयो । पत्रकारलाई कुनै पनि विषयमा विशेषज्ञता हासिल गर्न आग्रह गर्दै कार्कीले आर्थिक, सामाजिक अधिकार र विकासको अधिकार मुख्य भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ, गण्डकी प्रदेशका सचिव रूद्रबहादुर श्रीस र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य श्याम कुँवरले पत्रकारका हकमा भौतिक सुरक्षाभन्दा पनि पेशागत सुरक्षा महŒवपूर्ण देखिएको बताउनुभएको थियो । सो अवसरमा विभिन्न सञ्चारमाध्यममा कार्यरत स्याङ्जाका पत्रकारहरू मोहन गुरुङ, भवानी अधिकारी, रमेश गोदार, रोशन लामिछाने, प्रतीक्षा काफ्लेलगायतले पत्रकारले भोग्नुपर्ने समस्याका बारेमा आ–आफ्नो भनाइ राखेका थिए ।
नेपाल पत्रकार महासंघ, स्याङ्जा शाखाका अध्यक्ष ओमप्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन इन्सेकका स्याङ्जा प्रतिनिधि हिमाल पराजुली र इन्सेक, गण्डकी प्रदेश कार्यालय प्रमुख शिव खकुरेलले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

Advertisment