मंगोल नेशनल अर्गनाइजेशन (डा. गोपाल गुरुङ)का १६ कार्यकर्ता पक्राउपछि रिहा

काठमाडौं, ३ असोज
२०७२ असोज ३ गते जारी भएको संविधानलाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले संविधान दिवसको दिन आज बिरोध सभा गर्ने क्रममा काठमाडौको शान्ति बाटिकाबाट संगठनका केन्द्रीय सचिब लोक तामाङ,केन्द्रीय अनुशासन प्रमुख शक्ति चाम्लिङ राईसहित १६ जना नेता कार्यकर्तालाई दरबारमार्ग वृत्त प्रहरीले पक्राउ गरेको छ।
एमएनओ डा.गोपाल गुरुङ संगठनको केन्द्रिय कोषाध्यक्ष दिनेश बान्तावाले शान्ति पुर्ण तरिकाले लोकतन्त्र मुल्यमान्यतालाइ आत्मा साथ गर्दै ८० प्रतिशत मुलबासी मंगोलको अस्तित्व र संबिधानमा मुलबासी मंगोल शब्द माग्दा राज्यले बारुद माथी बसेर सलाइ कोर्ने प्रयास गर्छ भने राज्यलाई ठुलै क्षति ब्यहोर्न तयार हुन चुनौती दिनुभएको छ ।
त्यसै गरि देशको विभिन्न जिल्लामा बिरोध कार्यक्रम शान्ति पुर्ण तरिकाले सम्पन्न भएको जानकारी केन्द्रीय संचार प्रमुख जीवन मंगोलले बताउनु भएको छ । ८० प्रतिशत मुलबासी मंगोलको साझा घर मंगोल नेशनल अर्गनाइजेशन डा.गोपाल गुरुङ केन्द्रिय सभा काठमाडौंले राज्य बाट पक्राउ परेको नेता कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै हिरासतभित्र र बाहिर रहेको कार्यकर्ताहरुको शान्ति पुर्ण दबाबले सात घन्टा पछि प्रशासनले उनीहरुलाई रिहा गरेको छ ।

Advertisment