काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबाट तीजको शुभकामना

काठमाडौं, २६ भदौ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली महिलाहरुको महान चाड हरितालिका तीजका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
बहुभाषा, जाति, संस्कृति, चाडपर्व र परम्परा रहेको नेपालमा यसप्रकारका पर्वले आपसमा मित्रता, सहिष्णुता, सामाजिक एकता, सदभाव कायम गरी राष्ट्रिय एकतालाई मजबुत बनाउनुका साथै सामाजिक रुपान्तरण, मुलुकको परिर्वतन र विकासका लागि हातेमालो गरेर अघि बढ्न समेत यसप्रकारका पर्वले प्रेरणा दिने विश्वास वरिष्ठ नेता पौडेलले व्यक्त गर्नुभएको छ ।
यस पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा आराधना गर्ने सन्दर्भ उल्लेख गर्दै उहाँले यसप्रकारको पर्वलाई मितव्ययी बनाएर उल्लासपूर्वक मनाउनुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।

Advertisment