नमुना मगर समाज मगर संघ कास्कीमा समाहित

पोखरा, ११ भदौ
पोखरा महानगरपालिका वडा नं. १४ मा क्रियाशील नमुना मगर समाज सोमबारदेखि औपचारिक रुपमा नेपाल मगर संघ कास्कीमा समाहित भएको छ ।
सोमबार आयोजित विशेष कार्यक्रममा नेपाल मगर संघको विधान अन्तर्गत रहने गरी कास्की जिल्ला मातहतको नमुना एकाइ समितिका रुपमा क्रियाशील रहने औपचारिक घोषणा गरिएको हो ।

सो अवसरमा नेपाल मगर संघ, नमुना एकाइ समितिको नयाँ नेतृत्व घोषणा समेत गरिएको छ । जस अन्तर्गत अध्यक्षमा ओम श्रीसमगर, उपाध्यक्षमा विना थापामगर, सचिवमा शिव थापामगर, सह–सचिवमा दिलु पुनमगर र कोषाध्यक्षमा प्रकाश पुनमगर चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरूमा हेमन्त रेगामीमगर, यम तरामुमगर, सांस्कृतिक उपसमिति संयोजकमा कृष्ण रेगामीमगर, सदस्यहरूमा रत्नकुमारी बुढामगर, सुमित्रा थापामगर, टिकाकुमारी थापामगर, आर्थिक उपसमिति संयोजकमा सूर्यकला थापा श्रीसमगर, सदस्यहरूमा सूर्यकुमारी थापामगर, पार्वती रेगामीमगर रहनुभएको छ । त्यस्तै, सल्लाहकारहरूमा कृष्णबहादुर पुनमगर, बुद्धिबहादुर पुनमगर, सु. बलबहादुर थापामगर, गेमबहादुर थापामगर रहनुभएको छ ।

यसअघि, घोषणा कार्यक्रममा बोल्दै नेपाल मगर संघ कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले सम्पूर्ण मगरहरू मगर संघ मातहत संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । विगतमा राज्यको शोषण र दमनका कारण मगर जातिले मातृभाषा गुमाउन परेको उल्लेख गर्दै अध्यक्ष रानामगरले अझै पनि राज्यले आदिवासी जनजातिको पहिचानलाई उपेक्षा गरेको गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ, कदममार्ग एकाइ समितिकी अध्यक्ष सुनमाया आलेमगर, छिनेडाँडा एकाइ समितिका अध्यक्ष ज्योतिराम थापामगर, नेपाल मगर महिला संघ कास्कीकी जिल्ला सदस्य तारामाया थापामगरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर संघ, नमुना एकाइ समिति, पोखरा–१४ का अध्यक्ष ओम श्रीसमगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव शिव थापामगर र उपाध्यक्ष विना थापामगरले स्वागत गर्नुभएको थियो ।

Advertisment