जापानमा लाफा ग्रुपको भेटघाट तथा अन्तरक्रिया सम्पन्न

टोकियो, ४ भदौ
लाफा ग्रुप लिमिटेडले जापानमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ । सामूहिक लगानीमा आधारित रहेर आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यका साथ स्थापित कम्पनीले विभिन्न देशसँगै नेपालका विभिन्न ठाउँमा समेत अन्तरक्रिया कार्यक्रमहरु सम्पन्न गरिसकेको छ ।
मगर संघ, जापानका अध्यक्ष नवीन थापामगरको विशेष उपस्थितिमा भएको कार्यक्रममा लाफा ग्रुपका बोर्ड डाइरेक्टर अधिवक्ता रक्षाबहादुर रैकामगरले कम्पनीका बारेमा जानकारी गराउनुभएको थियो ।

Advertisment