कानुङ खुर्पेटो ग्रुप नेपाल इन्टरप्राइजेज प्रालिको उद्घाटन

पोखरा, २ भदौ
विभिन्न क्षेत्रमा सामूहिक लगानी गर्ने उद्देश्यका साथ पोखरामा कानूङ खुर्पेटो ग्रुप नेपाल इन्टरप्राइजेज प्रालि (केके ग्रुप)को उद्घाटन गरिएको छ ।


पोखराका उत्साही युवाहरुको लगानीमा सुरु गरिएको सो कम्पनीको गण्डकी प्रदेशका सांसद् चन्द्रबहादुर बुढा ‘सागर’ले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै सांसद् बुढाले वर्तमान सरकारले अगाडि सारेको समृद्धिको यात्रामा यस कम्पनीले महत्वपूर्ण टेवा दिने विश्वास व्यक्त गर्नुभो ।


त्यस्तै, अर्की प्रदेश सांसद् दिलमाया रोका ‘दीपा’ले युवाहरु स्वदेशमै लगानी गरेर केही गर्नका लागि अघि बढ्नु खुशीको कुरा भएको भन्दै लगानीको वातावरण निर्माणका लागि आफूहरुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रममा बंगुर व्यवसायी छ्याम थापामगर, आदिवासी (इन्डी) ग्रुपका अध्यक्ष श्रीकृष्ण तण्डुकार, अधिवक्ता मनिष श्रेष्ठ, अधिवक्ता प्रवीण पन्धाक लिम्बूलगायतले समेत कम्पनीको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा व्यवसायी राम जर्घामगर र अशोक थापामगरले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । केके ग्रुपका अध्यक्ष दिनेश रोकामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेम बुढामगर र तुलसी पुर्जामगरले स्वागत गर्नुभएको थियो । कम्पनीले जलविद्युत, घरजग्गा, कृषिलगायतका क्षेत्रमा लगानी गर्ने सोंच बनाएको अध्यक्ष रोकामगरले जानकारी दिनुभयो ।

Advertisment