बागलुङ–पोखरा मगर समाजको छैठौं अधिवेशन साउन २६ गते

रूद्र श्रीसमगर
पोखरा, ५ साउन
बागलुङ–पोखरा मगर समाजको छैठौं अधिवेशन तथा १२ औं वार्षिक साधारणसभा यही साउन २६ गते शनिबार हुने भएको छ ।
समाजको शनिबार सम्पन्न नियमित मासिक बैठकले छैठौं अधिवेशन तथा वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । अधिवेशनबाट दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने अध्यक्ष रामबहादुर पुनमगरले जानकारी दिनुभयो ।
अधिवेशनकै अवसरमा ८० वर्षमाथिका समाजमा आबद्ध ज्येष्ठ नागरिक तथा २०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण मगर विद्यार्थीहरूलाई सम्मान समेत गरिने अध्यक्ष पुनमगरले जानकारी दिनुभयो ।
अधिवेशन तथा वार्षिक साधारणसभाबाट सचिवको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन समेत पारित गर्नेछ । अधिवेशनबाट चयन हुने नयाँ नेतृत्वका लागि समेत समाजका पदाधिकारी तथा सदस्यहरूबीच छलफल सुरु भएको छ ।

Advertisment