‘बागलुङको फूल’ लिएर आए बिहुँकोटे साइँलो

पोखरा, १ साउन
लोक तथा दोहोरी गायक बिहुँकोटे साइँलो अर्थात् प्रेम श्रीसमगरले आफ्नो नयाँ सांगीतिक कोसेली लिएर आएका छन् । गायक श्रीसले आफ्नै लय तथा शब्दमा झ्याउरे गीत ‘बागलुङको फूल’ लिएर आएका हुन् ।
गायक श्रीसलाई गायिका देवी घर्तीमगरले स्वरमा साथ दिएकी छिन् । गायक श्रीसले ‘बागलुङको फूल’को म्यूजिक भिडियो टाइगर्स फिल्मस् प्रालिको युट्युबमार्फत् सार्वजनिक गरेका छन् ।
जय नेपाल फिल्म प्रालिले दृश्य निर्माण गरेको म्यूजिक भिडियोको निर्देशन ईश्वर बाबु, छायाड्ढन कमल जीएम, कोरियोग्राफर राजकुमार अञ्जान, सम्पादन अनिल रानाले गरेका हुन् । म्यूजिक भिडियोमा सनम पुन र रेजिना पुनले अभिनय गरेका छन् ।

Advertisment