तनहुँको घाँसीकुवामा सञ्चालित तीन दिने मगर भाषा तथा लिपि तालिमको समापन

रूद्र श्रीसमगर
पोखरा, २२ जेठ
तनहुँको व्यास नगरपालिका–१२, घाँसीकुवामा तीन दिने मगर भाषा, लिपि, साहित्य तथा संस्कृतिसम्बन्धी तालिमको मंगलबार समापन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद्, व्यास नगरपालिका–१२, घाँसीकुवाको आयोजनामा आइतबारदेखि सुरु भएको तालिमको मंगलबार समापन गरिएको हो ।
तीन दिनसम्म चलेको तालिममा नेपाल मगर लेखक संघका केन्द्रीय सदस्य तथा मगर भाषा प्रतिष्ठान, कास्की शाखाका सचिव रूद्रबहादुर श्रीसमगरले मगर भाषा, लिपि तथा साहित्य र नेपाल आदिवासी जनजाति महासंघ, जिल्ला समन्वय परिषद्, तनहुँका सल्लाहकार यामबहादुर आलेमगरले मगर संस्कृतिसम्बन्धी सहजीकरण गर्नुभएको थियो ।
समापनका अवसरमा नेपाल मगर संघ, व्यास नगरपालिका–१२, घाँसीकुवाकी अध्यक्ष दानमाया थापामगरले तीन दिनको समय छोटो भएपनि तालिम निकै उपलब्धीपूर्ण बनेको बताउनुभयो ।
नेपाल आदिवासी जनजाति महासंघ, वडा समन्वय परिषद्, व्यास नगरपालिका–१२, घाँसीकुवाका अध्यक्ष नवीन थापामगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–सचिव वसन्ती थापामगरले गर्नुभएको थियो ।

Advertisment