मौलिक सालैजो लिएर आइन् जयालक्ष्मी

रूद्र श्रीसमगर
पोखरा, १५ जेठ
लोक तथा दोहोरी गायिका जयालक्ष्मी छन्त्याल पुनले मौलिक सालैजो गीत लिएर आएकी छिन् ।
लोक तथा दोहोरी गायक एवं सर्जक नवीन रानाको लय तथा शब्दमा परदेशीको अनुभूति समेटिएको मौलिक सालैजो ‘परदेशीलाई भुल्दा हुन् गाम्ले त’ बोलको गीतको म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको छ । टाइगर्स फिल्मस् प्रालिको प्रस्तुतीमा रहेको म्यूजिक भिडियोको छायाड्ढन भने बागलुङको काठेखोला गाउँपालिका–४, फापरखेत, माझगाउँमा गरिएको हो ।
गोविन्द पुनको निर्देशनमा बनेको म्यूजिक भिडियोमा निर्देशक गोविन्द पुन र मोडल करुणा पुनले अभिनय गरेका छन् । नृत्य निर्देशन दिलीप राना ‘गोरे’, छायाड्ढन तथा सम्पादन दानबहादुर श्रीस, कलरिङ मिलन गुरुङले गरेका हुन् ।
राम स्टुडियोमा रेकर्ड गरिएको सालैजो गीतको एरेञ्ज भने आशीष अविरलले गरेका हुन् । बागलुङतिर प्रचलित सालैजो भाका नेपालका अन्य ठाउँमा पनि निकै लोकप्रिय छ । आफ्नो नयाँ सांगीतिक कोसेलीलाई दर्शक, स्रोताले माया गरिदिने गायिका जयालक्ष्मीको अपेक्षा छ ।

Advertisment