भीरकोट पोखरा सामिप्य सदनको अध्यक्षमा रेग्मी   

पोखरा, २३ बैशाख । भीरकोट पोखरा सामिप्य सदन पोखराको अध्यक्षमा श्याम प्रसाद रेग्मी चयन हुनु भएको छ । शनिबार पोखरामा सम्पन्न प्रथम साधरण सभा तथा अधिवेशनले रेग्मीको अध्ययक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । सदनको उपाध्यक्षमा लिला प्रसाद पंगेनी,महासचिवमा टोल प्रसाद अर्याल,सचिव प्रभा रेग्मी,कोषाध्यक्षमा शुक्रराज काफ्ले रहुनुभएको छ ।
सदस्यहरुमा दुर्गा देवि अर्याल,चुडामणि तिवारी,विष्णु प्रसाद खनाल,उषा केसी, शारदा पंगेनी अर्याल,सिता रेग्मी  र लक्ष्मी केसी अधिकारी रहनु भएको छ ।साधारण  सभाको उद्घाटन भीरकोट नगरपालिका मेयर छायाराम खनालले गर्नुभएको थियो । खनालले शनिबारनै भीरकोट दर्पणको पनि विमोचन गर्नुभयो । मेयर खनालले भीरकोट जन्मघर भई पोखरा लाई कर्मथलो बनाउनेहरुको साझा सामिप्य सदन रहेको बताउदै सवै लाई आफ्नो जन्मभुमि नभुल्न आग्रह गर्नुभयो ।
मेयर खनालले आफु मेयर भएको एक बर्षमा आफुले भने जस्तै काम गर्न नसके पनि असफल भने नभएको दाबी गर्नुभयो । यस आर्थिक बर्षको योजनाका ९० प्रतिशत काम सम्पन्न भएको भन्दै आफुहरु संग भएको ज्ञान सिप र सुझाब सल्लाह आफु लाई दिन पनि आग्रह गर्नुभयो । मेयर खनालले कुनै कुनै ब्यक्ति नगरपालिकाको स्रोतको दुरुपयोग गर्ने मनसायले आएकोले काम गर्न केही अप्ठेरो परेको पनि सुनाउनु भयो । जेठ महिनामा सम्पुर्ण भीरकोट बासीहरु संग पोखरामा बस्ने बातावरण तयगर्दे गरेको पनि बताउनु भयो ।
शहरी विकास पुर्वाधार तथा योजना मन्त्रालय प्रदेश ४का सचिव भरत प्रसाद अर्यालले जागिरको शिलशिलामा जहाँ भए पनि जहाँ पुगे पनि आफ्नो मातृभुमीको बढि माया लाग्ने गरेको बताउनु भयो । उप मेयर सिमा केसी कर्मचार्यले पोखरामा भीरकोट भई कर्मथलो बनाउनेको संख्या धेरै रहेको भन्र्दै सवै लाई समेटन आग्रह गर्नुभयो । प्रा डाक्टर कृष्ण केसीले सम्भावना नै सम्भवाना भएको क्षेत्रको राम्रो सदुपयोग गरेर नगरलाई सफल नगरपालिकामा चिनाउनुपर्नेमा जोड दिनुभयो । भीरकोट नगरपालिकाका वडा अध्यक्ष याम प्रसाद अधिकारी (लक्ष्मण)ले भीरकोट दर्पण प्रकाशन गर्नुराम्रो कुरा भए पनि धेरै कुरा छुटेको भन्दे आगामी दिनमा यस्ता कुराहरुमा ध्यान पु¥याउन आग्रह गर्नुभयो ।
कार्यक्रममा स्याङजाली सम्पर्क सदन पोखराका अध्यक्ष चिरञ्जीवी पोखरेल,सस्थापक अध्यक्ष रामप्रसाद श्रेष्ठ र निर्बतमान अध्यष देबि प्रसाद अर्याललगायतले बोल्नुभएको कार्यक्रममा स्वागत लिला प्रसाद प्रंगेनीले गर्नुभएको कार्यक्रमको सञ्चालन महासचिव टोल प्रसाद अर्यालले गर्नुभएको थियो भने कार्यक्रम श्याम प्रसाद रेग्मीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा भीरकोटको चिनारी स्वरुप तुलसी प्रभासले निर्माण गर्नुभएको बृत्तचित्र समेत प्रस्तुत गरीएको थियो ।
Advertisment