रामबजार प्रहरी द्धारा घरेलु मदिरा नष्ट

सुशान्तगाहा मगर, पोखरा, १८ बैशाख । वडा प्रहरी कार्यालय रामबजारले ठुलो मात्रामा घरेलु मदिरा बरामत गरे सँगै मंगलबार नष्ट गरेकोे छ । लागुऔषध नियन्त्रण महाअभियानअन्तर्गत पोखरा लेखनाथमहानगरपालिका वडा नं १४ काजनप्रतिनिधीको रोहवरमामदिरा बनाउनप्रयोग गरिने कच्चापदार्थ, भाडाका सामाग्री सहित घरेलु मदिरा नष्ट गरेको हो ।

पोखरा लेखनाथमहानगरपालिका वडा नं १४ स्थित शान्ति टोलमाअबैध रुपमामदिरा उत्पादनतथाबिक्रिबितरण गरेको बिशेष सुचनामार्फत थाहापाए पछि बडा प्रहरी कार्यालय रामबजारकाप्रमुखप्रहरी निरिक्षक दिपकबहादुर केसीको टोलीले अप्रेशनथालेको थियो ।

उक्तअप्रेशनबाट मदिरा बनाउनप्रयोग गरिने ३१ सय लिटर भन्दा बढि कच्चापदार्थ, उत्पादनमाप्रयोग गरिने ९ सेट सामाग्री, ७५ थान प्लाष्टिकका ड्रम सहित ५ सय लिटर भन्दा बढि घरेलु मदिरा बरामत गरेको वडा प्रहरी कार्यालय रामबजारकाप्रमुखप्रहरी निरिक्षतदिपकबहादुर थापाले बताए ।उनले भने “शान्ति टोलकाबासिन्दाले ब्याबसायिक रुपमै उत्पादन र बिक्रिबितरण गर्दै आएको पाईएको छ यस्तो अबैधानिक पेशाबाट निरुत्साहितगर्न अझकडाईका साथअप्रेशनथाल्नेछौ ।”

यताआफ्नो वडामा मदिराजन्यपदार्थको उत्पादन र बिक्रिबितरण गर्न नहुने भन्दै सचेतनाको कार्यक्रमदिदै आएपनिप्रभाबकारी नभएको पोखरा लेखनाथमहानगरपालिका वडा नं १४ काअध्यक्ष प्रेम बहादुर कार्कीले बताए ।
स्थानियबासीहरुले आफ्नो रोजिरोटी नै खोसेको भन्दै गुनासो गरेको बताउदै कार्काीले उनीहरुलाईसचेतनाकाकार्यक्रम र बिभिन्न सीपमुलकतालिमका साथमा केहीहदसम्मका रोजगार दिलाउनआफ्नो प्रयास रहने समेत उनको भनाई थियो ।

Advertisment