रिठेपानी शहकारीद्धार वृद्धाश्रमलाई सहयोग

पोखरा लेखनाथ २७ रिठेपानीमा रहेको रिठेपानी सहकारीले आफ्नो पाँचौं औं वार्षिकोत्सवका अवसरमा पोखरा लेखनाथ २७ सहयेलापाखाका वृद्ध वृद्धाहरुलाई जिन्सि तथा खाद्यान्न सहयोग गरेको छ । सोमबार वृद्धाश्राममा आयोजित एक कार्यक्रमका विच सहकारीले प्रदान गरेको सहयोग वृद्धाश्रम सन्चालक समितिका अध्यक्ष दुर्गा गौतम, संरक्षक कल्याण कुमार कार्की तथा सदस्य महेश्वर पाण्डेलाई हस्तान्तरण गरेको हो ।

करिव २५ हजार रुपैयाँ बरावरको उक्त सहयोग हस्तान्तरण गर्दै वडा नं.२७ का वडा अध्यक्ष पुर्ण कुमार गुरुङले सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत गरको कार्य सराहनिय रहेको बताए । सहकारीका अध्यक्ष यम प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोरखा भूपू सैनिक क्लब रिठेपानीका अध्यक्ष सुवेदार जग बहादुर गुरुङ, लिटल फ्लावर एजुकेशनल एकेडेमीका निर्देशक कमल खड्का, राइजिङ स्टार युवा क्लबका अध्यक्ष विष्णु प्रसाद गुरुङ, लेखा संयोजक राम बहादुर गुरुङ, शिक्षा उपसमिति संयोजक कुस प्रसाद गुरुङ, पत्रकार विष्णुहरि पौडेल, सल्लाहकार इन्द्र बहादुर गुरुङ लगाएतले सहकारीले वृद्धाहरुलाइ सहयोग गरेकामा धन्यवाद दिएका थिए भने वृद्धाश्रका सदस्य महेश्वर पाण्डेले धन्यवाद ज्ञापन र कार्यक्रम संयोजक देवी खड्काले कार्यक्रमको सन्चालन गरेकी थिइन् ।

Advertisment