महायज्ञ जारी, छैठौं दिनसम्म ८३ लाख बढी संकलन

हेमजा, १६ बैशाख ।कास्कीको माछापुच्छे« गाउँपालिका–३,घाचोक स्थित शुक्लागण्डकी माविमा यतिवेला विराट शैक्षिक श्रीमद्भागवत धन धान्याञ्चल महायज्ञ जारी छ ।महायज्ञको छैठौं दिन आइतवारसम्म गरी कुल ८३ लाख ५६ हजार ७ सय २५ दान संकलन भएको छ । आइतवार मात्रै यज्ञमा रु. १२ लाख ४४ हजार ४ सय ४१ संकलन भएकोमा सबैभन्दा बढी घाचोक निवासी गुणाकर दवाडीले १ लाख २३ हजार १ सय ६५ दान गरेका छन ।

त्यस्तै आइतवारै घाचोक निवासी कृष्णकुमार श्रेष्ठबाट १ लाख १३ हजार ३ सय ३३, घाचोक खरिबोट निवासी राधिका केसीबाट १ लाख ११ हजार १ सय ११, तुलसी लम्सालबाट ८५ हजार १ सय ३८, पूर्णकला लम्सालबाट ५७ हजार ५ सय ५७, गोपाल पोखरेलबाट ५१ हजार १ सय ५१, निलकण्ठ लम्सालबाट ५१ हजार १ सय ५१, पदमराज पोखरेलबाट ५१ हजार १ सय ११, पोखरा विरौटा निवासी चन्द्रकान्त वरालबाट ५१ हजार १ सय ८ पनि महायज्ञमा दान भएको मुल आयोजक समितिका सह–कोषाध्यक्ष स्थानेश्वर लम्सालले जानकारी दिए ।

त्यस्तै घाचोक स्थित सुनौलो पाटन आमा समूहबाट ३३ हजार १ सय १५, घनस्याम पोखरेलबाट २५ हजार ५ सय २५, घाचोक हाल पोखरा निवासी मीनबहादुर गुरुङको परिवारबाट २५ हजार ५, माछापुच्छे« २ हाल पोखरा १६ निवासी बमबहादुर गुरुङको परिवारबाट २० हजार १ सय १० एवं स्वः सुरतबहादुर क्षेत्रीको सम्झनामा कलावती घर्तीक्षेत्रीबाट २० हजार २० दान सहयोग प्राप्त भएको छ ।

अन्य विभिन्न व्यक्ति एवं संघसंस्थाले पनि आ–आफ्नो क्षमता अनुसारको दान गरेको मुल आयोजक समितिका संयोजक रविलाल पोखरेलले बताएका छन ।आइतवार महायज्ञमा जिल्ला शिक्षा कार्यालयका प्रतिनिधिहरुले समेत सहभागिता जनाएका थिए ।

आइतवार भागवत वाचन गर्दै भागवत भाष्कर युवा पण्डित कमलनयन गौतमले हालको सामान्य शिक्षामा नैतिक शिक्षाको अभाव रहेको चर्चा गर्दै बुबाआमाले आफ्ना छोराछोरीलाई संस्कारयुक्त तथा नैतिकवान् बनाउनपर्नेमा जोड दिए ।यज्ञ मंगलवारसम्म चल्ने जनाइएको छ ।

Advertisment