जुलाई २२, न्यूयोर्क
टेम्पोररी प्रोेटेक्टेड स्ट्याटस (टिपिएस) खारेज गर्ने ट्रम्प प्रशासनको निर्णय विरुद्ध क्यालिफोर्नियाको नर्दन डिष्ट्रिक्ट अदालतमा दायर मुद्धाको पहिलो सुनुवाई जुलाई २९ मा हुँदै छ। पहिलो सुनुाई मंगलबार २ बजेको लागि समय तोकिएको छ। नेशनल टिपिएस एलायन्सको अगुवाईमा २ नेपाली सहित ७ जना व्यक्तिगत वादीहरुले नेपाल, होन्डुरस र निकारागुवाको टेम्पोररी प्रोेटेक्टेड स्टाटस टिपिएस बचाउनको लागि संयुक्त रुपमा जुलाई ७ तारिखमा मुद्धा दायर गरेको हो।
युनाइटेड फर टिपिएस नेपाल (युटिपिएसएन) का संस्थापक संयोजक मध्येका एक सदस्य अनिल शाहीले एक विज्ञप्ति जारी गर्दै टिपिएसमा रहेका नेपालीहरुलाई नेशनल टिपिएस एलायन्सको सदस्यता लिन आव्हान गरेका छन् ।
टिपिएस खारेजीको निर्णयले हजारौं नेपालीहरुको जीवनलाई प्रत्यक्ष असर पार्ने भएकोले टिपिएसवाहक नेपालीहरुलाई नेशनल टिपिएस एलायन्स (एनटिपिएसए) को सदस्यता लिन आव्हान गरेको हो । अमेरिकी सरकारले मुद्धाको सुनुवाईको क्रममा वादीलाई मात्रै वा नेशनल टिपिएस एलायन्सको सदस्यहरुलाई मात्रै कानुनी सुरक्षा प्रदान गर्न सक्ने गरी राहतलाई सिमित गर्न सक्ने सम्भावना भएकोले सबै टिपिएस वाहक नेपालीहरुलाई नेशनल टिपिएस एलायन्स (एनटिपिएसए) को सदस्यता लिई संरक्षित हुन युटिपिएसएनले विज्ञप्तीमार्फत आव्हन गरेको हो । यो अदालतलाई अमेरिकी सरकारको आग्रह हो र मान्यो भने भन्ने सम्भावनाको लागि एनटिपिएसएको सदस्यता लिएमा नेपाली टिपिएसवाहकहरु पनि समेटिने भएकोले सदस्यता लिनु आवश्यक रहेको युटिपिएसएनको संयोजक शाहीको भनाई छ।
झण्डै ७ हजार ८ सय नेपाली टिपिएस अन्तर्गत छन् । एनटिपिएसएको सदस्यता निशुल्क रुपमा लिन सकिन्छ भने सदस्यता लिई सकेपछि टिपिएस वाहकहरुको कानुनी तथा राजनीतिक शक्ति मजबुत तथा बलियो हुने छ भने अदालतका आदेशहरु (एनटिपिएसए) को सदस्यमा सिमित भएमा सदस्यता लिएका नेपाली टिपिएसवाहकहरु पनि सुरक्षित हुने छन् साथै टिपिएस संरक्षणका लागि चलिरहेको देशव्यापी आन्दोलनमा जोडिएर एकतावद्ध रुपमा लड्न सकिने र टिपिएस सम्बन्धी मुद्धा, वकालत तथा विभिन्न गतिविधीहरुको जानकारी समयमा नै उपलब्ध हुने विज्ञप्तीमा उल्लेख छ ।
नेशनल टिपिएस एलायन्सको नेतृत्वमा ३ वटा देश नेपाल, होण्डुरस र निकारागुवाको टिपिएस बचाउनको लागि मुद्धा दर्ता गरेको थियो ।
नेपालको तर्फबाट सन्ध्या लामा, होन्डुरसको तर्फबाट जोनी र निकारागुवाको तर्फबाट मारिया लेना लगायत रहेका छन्। संयोजक शाहीले क्यालिफोर्नियाको सानफ्रानिस्कोमा बसोबास गर्ने नेपाली समुदायलाई सुनुवाईको दिन अदालतमा उपस्थित भई नैतिक समर्थन गरी साथ र सहयोग गर्न नेपाली समुदायलाई आग्रह गरेको छ।
सदस्य बन्नको लागि तलको लिंकमा थिच्नुहोस् ।
https://actionnetwork.org/forms/solicitud-de-membresia-membership-application
युनाइटेड फर टिपिएस नेपालले जारी गरेको विज्ञप्ती







