न्युयोर्कमा पहिलोपटक हुन गईरहेको नेपाली फेसन एक्सप्रेसन कार्यक्रमको तयारी अन्तिम चरणमा।

२७ जुन,न्युयोर्क।
नेपाल र नेपाली उत्पादन,भेसभुषा,कला,संस्कृति एवं प्रसिद्ध पर्यटकीय र धार्मिक स्थलहरुसमेत समेटेर एकै थलोमा जुन २९ आईतवार साँझ वृहत प्रदर्शनी एवं फेसन मेलाको आयोजना हुन गईरहेको छ।
विश्वकै फेसनहव मानीने अमेरीकास्थित न्युयोर्क शहरमा नेपालीहरुको आकर्षक केन्द्र मानीने ज्याक्सनहाईट्स उड्साईडस्थित ६३-०१ रुजवेल्ट एभिन्युमा अवस्थित “द प्यालेस” को हलमा सो कार्यक्रम भव्यताकासाथ सम्पन्न गर्ने लक्ष्य रहेको जानकारी कार्यक्रमका संयोजक सुर्य सिंखडाले बताउनुभयो।
सो कार्यक्रमका ईभेन्ट प्रिसीडेन्ट चिरपरिचित फेसन कोरियोग्राफर,नेपालका चर्चित नायक तथा मोडल तथा निर्देशनको क्षेत्रमा ख्यातीप्राप्त प्रशान्त ताम्राकारले एकै स्थलमा नेपालको समस्त फेसनको संगम उक्त कार्यक्रममार्फत आम दर्शक,श्रोता एवं संचारमाध्यम हुँदै विश्वभर फैलाउने र नेपाल र नेपालीलाई चिनाउने आफ्नो उद्देश्य रहेको कुरा प्रष्ट पार्नुभयो।
कार्यक्रम संयोजक सुर्य सिंखडाका अनुसार विभिन्न बिधामा प्रदर्शन गरीने सो कार्यक्रमको भव्य तयारी रहेको र करीब २०० भन्दा बढी दर्शक र श्रोतामाझ नेपालको मेचीदेखी महाकाली र हिमालदेखी तराईसम्म छरीएर रहेका सबै जातजाती र भेषभुसा झल्काउने २७ जनाभन्दा बढी मोडलहरुले स्टेज प्रदर्शन एवं नृत्य,गानाको साथै रात्रीभोजको समेत व्यवस्था गरीएकोहुँदा न्युयोर्क र आसपासका आम जनसमुदायप्रती यो स्वर्णिम मौका नगुमाउन हार्दिक अपील गर्दै सो कार्यक्रममा व्यापक सहभागीता जनाई प्रवासबाट नेपाल चिनाउने यो अमुल्य मौका नगुमाउन र सबै आमसमुदाय मिलेर भब्य र सभ्य रुपमा यो कार्यक्रम सफल पार्न हार्दिक अपिल गर्नुभयो।

Advertisment