मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको पाँचौ अधिवेशन सम्पन्न ! अध्यक्षमा रत्नसिह गर्बुजा चयन !

जुन २ न्यूयोर्क,
मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको पाँचौ अधिवेशन आईतवार सम्पन्न भएको छ । न्यूयोर्कमा भएको अधिवेशनले रत्नसिह गर्बुजाको अध्यक्षतामा मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरको पदमा १७ सदस्यीय नयाँ कार्यसमिति लाई २ बर्षको लागी चयन गरेको छ।

अमेरिका न्यूयोर्क च्याप्टर को चौथो अधिवेशन कार्यक्रमको उद्घाटन संस्थापक स्व. अध्यक्ष हेम बहादुर पुन मगर र प्रथम सहिद लखन थापा मगरलाई केन्द्रीय मगर संघ अमेरिकाका अध्यक्ष याम पुन मगर, मगर संघ अमेरिकाका संस्थापक अध्यक्ष कुलदिप राना मगर र मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका पूर्व अध्यक्ष अमृत रोका मगरले दिप प्रज्वलन गरी र खादा ओढाई गर्नुभएको थियो । 

न्यूयोर्कको ज्याकसन हाईट स्थित हिमालयन करी हाउमा भएको अधिवेशनले रत्नसिह गर्बुजा  मगर सहितको अध्यक्षतामा संघको १७ सदस्यीय नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा टेकमिलन पुन मगर, उपाध्यक्षमा गगन थापा मगर, महिला उपाध्यक्षमा प्रेमा घर्ति मगर, सचिवमा दिलिप श्रीष मगर, सह सचिवमा दिपेन्द्र आले मगर, महिला सचिवमा माया पुन मगर, कोषाध्यक्षमा निरोज पुलामी मगर, सह-कोषाध्यक्षमा स्मृति बुढामगरलाई निर्वाचित गरिएको छ भने सदस्यहरुमा सन पुन मगर, सुरेश पुन मगर, शिरू पुन मगर, युवराज घर्ति मगर र किरण बुढा मगर, याम बहादुर पुन मगरलाई सर्वसम्मत चयन गरेको हो ।

कार्यक्रमको समापन निर्वाचन समिति संयोजक केन्द्रिय मगर संघ अमेरिकाका याम पुन मगर, निर्वाचन समिति सदस्य मगर संघ अमेरिकाका निबर्तमान अध्यक्ष कुलदिप राना मगर र निर्वाचन सदस्य याम कुमारी मगरले संघको म्याण्डेट नयाँ कार्य समितिलाई बुझबुझारथ गरि गरिएको थियो ।

Advertisment