सुसाइड नोट सँगै डेरामा मृत भेटिइन् रोशनी !

काठमाडौं : ५० बर्सिया रोशनी शाही भक्तपुरको सूर्य विनायक नगरपालिका–३ बालकोटमा रहेको डेरामा मृत फेला परेकी छिन्। 
प्रहरीका अनुसार बालकोटमा रहेको बृहस्पति मार्गको एक घरमा डेरामा बस्दै आएकी उनी आइतबार दिउसो मृत फेला परेकी हुन्।
कोठा भित्रबाट चुकुल लगाएको र शरीरमा कुनै चोटपटक नलागेको अवस्थामा उनको शव भेटिएको भक्तपुर प्रहरीले जानकारी दिएको छ। शव नजिकै प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ। तर मृत्युको कारण भने पोस्टमार्टमपछि मात्रै खुल्नेछ।
शाहीले पूर्व सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको आरोप लगाएकी थिइन्। केही समय पुर्पक्षका लागि थुनामा बसेका महराले पछि सफाइ पाएका थिए। 

Advertisment