दाङ, २३ फागुन

लमही नगरपालिका-७ नयाँबस्तीस्थित सडकमा लमहीबाट सतबरियातर्फ जाँदै गरेको रा.१ प ६०३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ वर्षीय गणेश चौधरी मृत्यु भएको छ । बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही हुँदै नर्सिङहोम नेपालगंज बाँकेमा थप उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको हो ।