खेलकुद पत्रकार मञ्च र पत्रकार महासंघलाई मैत्रीपूर्ण फुटसलको उपाधि

पोखरा, २५ साउन
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी प्रदेशको आयोजना भएको मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि खेलकुद पत्रकार मञ्च, गण्डकी र नेपाल पत्रकार महासंघ कास्कीले जितेको छ ।
फोनिजको २४ औं स्थापना दिवस मनाउने क्रममा फोनिज गण्डकीको आयोजनामा भएको पत्रकार (पुरुष÷महिला) बिचको मैत्रीपुर्ण फुटसलमा पुरुषतर्फ मञ्च र महिलातर्फ महासंघले उपाधि जितेको हो । पुरुष टिममा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले फोनिज गण्डकीको टिमलाई टाइब्रेकरमा ३–२ गोल अन्तर पराजित गरेको हो । महिलातर्फ नेपाल पत्रकार महासंघले फोनिज गण्डकीको टिमलाई टाइब्रेकरमै २–१ गोल अन्तरले हराएको हो ।
पुरुषतर्फ निर्धारित समयमा २–२ गोल भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । निर्धारित समयमा फोनिजको तर्फबाट सुशान्त गाहा र बशन्त शेर्पाले एक/एक गोलको योगदान दिए । यस्तै खेलकुद पत्रकार मञ्चका लागि शिव क्षेत्री र प्रवेश बास्तोलाले १/१ गोल गरे । दुवै टिमले निर्धारित समयमा बराबरी गोल गरेपछि खेलमा बिजेताको टुंगो टाइब्रेकरबाट लागेको खेल संयोजक प्रवीण मगरले जानकारी दिनुभयो ।


बिजेता मञ्च र महासंघको टिमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उपविजेता टिमले मेडल र प्रमाणपत्र पाए । विजेता तथा उपविजेता टिमलाई फोनिज गण्डकीका इञ्चार्ज एमबी आस्था मगर, अध्यक्ष रूद्र श्रीसमगर लगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा मन्त्री सिंखडाले खेलकुद स्वास्थ्यको लागि लाभदायक भएको वताउँदै यसले आपसी भाईचारामा पनि वृद्धि हुने बताउनुभयो । पत्रकारहरु लेख्ने मात्र नभएर स्वस्थ हुनुपनि जरुरी रहेकाले मिडिया कप बेला बेलामा हुनुपर्नेमा उहाँको जोड थियो । पत्रकारले गरेको खबरदारी र राम्रा कार्यको प्रचार प्रसारले प्रदेशमा हुने खेलमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको धारणा थियो ।

Advertisment