मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले रक्तदान कार्यक्रम गर्ने !

वीर घर्ती मगर, न्यूयाेर्क, मार्च १३/२०२१ ।
“रक्तदान 🩸 🩸 🩸 जिवनदान “
मगर संघ अमेरिकाको १८औ स्थापना दिवसको अवसरमा मगर संघ अमेरिका, न्यूयोर्क च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम हुने भएकाे छ । (NEW YORK BLOOD CENTER ) संग समन्वय गरि मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरले मिती मार्च २८ (आईतवार)२०२१ स्थान ७५-१५ उडसाईड एभिन्यु ११३७३(सत्यनारायण मन्दिर ) छेउकाे प्राङ्गणमा समय विहान १० बजे देखि ५ बजे सम्म रक्तदान कार्यक्रम आयोजना गर्न लागेकाे प्राईमरी ब्लड काेर्डिनेटर तथा मगर संघ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष याम पुन मगरले बताउनुभयो ।      यस कार्यक्रमकाे दिनमा सेनिटाईजर, मास्क, प्रमाण पत्र तथा फलफुल वितरण गरिने हुदा सम्पूर्ण महानुभावहरूकाे निस्वार्थ भावनाले सहयोग, सद्भाव र अपेक्षा सहित उक्त समयमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिनहुन अनुरोध गर्दै मगर संघ अमेरिकाका केन्द्रीय समिति अध्यक्ष  कुलदिप राना मगरले बताउनुभयाे ।
नाेट – अप्वाईमेन्ट लिनकाे लागि तलकाे लिङ्कमा जानुहाेला ।
Note : For appointment pls click here
https://donate.nybc.org/donor/schedules/drive_schedule/278531

Advertisment