दोस्रो राष्ट्रिय मार्शल आर्टस् हाप्किडो रेफ्री सेमिनार सकियो

पोखरा, ५ माघ
आगामी माघ ११ र १२ गते पोखरामा आयोजना हुने नेपाल मार्शल आर्टस् हाप्किडो संघको अन्तर्राष्ट्रिय सेमिनारको पूर्व सन्ध्यामा आयोजना गरिएको दुई दिने रेफ्री सेमिनार आइतबार पोखरामा सम्पन्न भएको छ ।
संघको कास्की जिल्ला समितिको आयोजना तथा केन्द्रीय समितिको सहयोगमा भएको सेमिनार पोखरा महानगरपालिका वडा नं. १४ को वडा भवनमा सम्पन्न भएको हो ।
सेमिनारमा ३५ जिल्लाका ६० जना रेफ्रीहरू सहभागी भएको संघका कास्की जिल्ला अध्यक्ष मदनकुमार जि.सी.ले जानकारी दिनुभयो । रेफ्रीहरूलाई प्रशिक्षकद्वय सुस्मिता गुरुङ र भुवन बुढामगरले प्रशिक्षण दिनुभएको थियो ।
पोखरामा पहिलो पटक आयोजना हुन लागेको नेपाल मार्शल आर्टस हाप्किडो अन्तर्राष्ट्रिय सेमिनारमा २० देशका ६ सय जना खेलाडी तथा खेल प्रशिक्षकहरूको सहभागिता रहने नेपाल मार्शल आर्टस हाप्किडो संघका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिनुभयो । माघ ११ गते विहान ११ बजे भव्य झाँकी सहितको ¥यालीले नगर परिक्रमा गरेपछि पोखरा रंगशालाको कभर्डहलमा सेमिनारको उद्घाटन हुने छ ।

Advertisment