सपना र कुमारको नयाँ सालैजो ‘बुलबुल ताल’

पोखरा, २० कात्तिक

चर्चित लोक तथा दोहोरी गायक कुमार पुन र लोक तथा दोहोरी गायिका सपना गाहा मगरले नयाँ सांगीतिक कोसेली सालैजो “बुलबुल ताल” बजारमा ल्याएका छन् ।

गायिका सपना गाहा मगरकै लय र विजय गाहा मगरको शब्द रहेको यस सालैजो गीतको एरेञ्ज जुजु गुरुङले गरेका हुन् । सुमन थापामगरको निर्देशनमा बनेको म्यूजिक भिडियोको छायांकन सन्तोष बस्याल र दृश्य निर्माण भने सुमन फिल्मस्ले गरेको हो । म्यूजिक भिडियोमा दिपु मगर, करण गाहा मगर, सुमी घर्तीमगर र प्रियंका रानामगरले अभिनय गरेका छन् ।

पूरा गीत हेर्नका लागि भिडियो लिंक ः

Advertisment